कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको शनिवार नदीमा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जानकारी दिए। बालिकाको शव महाकाली प्रादेशिक अस्पतालमा परीक्षण भएको बताउँदै प्रहरी निरीक्षक विष्टले शव परिवारको जिम्मा लगाइएको बताए।
त्यसैगरी, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक ९बनबासा पुल० बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात रहेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले महाकाली नदीमा खत्रीको खोजी जारी रहेको बताए।

