बझाङः बझाङका एक जना चरेश र नगदसहित पक्राउ परेका छन्।
बझाङको जयपृथ्वी नगरपालिका–११ धामीलेख स्थित सोही ठाउँ बस्ने ४८ वर्षीय जयराज जोशीले सञ्चालन गरेको जोशी किराना एण्ड वाइन कर्नर पसलबाट ५० ग्राम ५१ मिलिग्राम लागूऔषध चरेश, तौल गर्ने हाते तराजु थान–१ र नगद १२ हजार ४ सयसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जोशीले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

