धनगढी: सोमवार बिहान करिब ८ बजे धनगढीको चटकपुर–राजघाट सडकखण्डमा बिजुलीको पोल ढलेपछि मोटरसाइकल र अटो दुर्घटनामा परेका छन्। गुडिरहेको मोटरसाइकलमाथि विद्युत पोल खस्दा बेलौरी नगरपालिका(५ की ४५ वर्षीया आशाकुमारी चौधरी घाइते भएकी छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले माया मेट्रो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनी श्रीमान राजकुमार चौधरीसँगै ज्याला मजदुरी गर्न गइरहेकी थिइन्। श्रीमानलाई भने चोट लागेको छैन। दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो।
माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइते चौधरीको अस्पतालमा आवश्यक उपचार भइरहेको छ।

