कैलाली । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–५ बस्ने सीताराम चौधरी रहेका छन्। उनलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
सीतारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। उक्त उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

