धनगढीः कैलालीको टीकापुरको सुन्दरपुरस्थित जमरा नदीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा सोही ठाउँ बस्ने ५७ वर्षीय दुहना डगौरा थारू बुधबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुरले आवश्यक अनुसन्धान गरिरहेको छ।

