धनगढी: प्रथम सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ साउनमा हुने भएको छ। राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले साउन ८ र ९ गते धनगढीमा उक्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे।
प्रदेश कार्यसमितिले धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर कार्यक्रमबारे जानकारी गराएकाे थियाे। लाेक तथा दाेहाेरी गायनकाे एकल दाेहाेरी प्रतियोगिता गर्न लागेकाे।
प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले यस प्रतियोगितामा गायक/गायीकाले एकल सहभागी हुन पाउने बताए। उनले प्रतियोगितामा बाद्यवादन र काेरस आयाेजकबाट उपलब्ध गराइने जानकारी दिए। सबै उमेर समूहकाले प्रतियोगितामा सहभागी हुन पाउने उनकाे भनाइ थियाे।
प्रतियाेगितामा प्रथम पुरस्कार १५ हजार, दाेस्राे पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियाेगितामा राम्रो कलाकार पनि कारणवश स्थान नआउन सक्छ भनेर विशेष पुरस्कारकाे व्यवस्था गरिएकाे उनले बताए।
कार्यक्रममा लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष सहभागी हुने तयारी रहेकाे छ।
लाेकदाेहाेरी तारामा सुदूरपश्चिमका ९ जिल्लाकै कलाकारकाे सहभागीता रहने बताए। कार्यक्रममा सहभागी हुन चाहनेले १ हजार रूपैयाँ शुल्क तिरेर परिचय खुल्ने कागजसहित दर्ता गर्न सकिने छ।
उनले दाेहाेरी साँझले गीत संरक्षणमा सहयोग गरेर व्यवसायीक बन्न सहयाेग गरिरहेकाेमा उनले जाेड दिए।
लाेकदाेहाेरी तारा मुख्य प्रायाेजक इन्द्रेणी दाेहाेरी साँझ रहेकाे छ भने सह आयाेजक लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखा रहेका छन्। सम्मेलनमा पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सफलताको शुभकामना दिए।

