धनगढीः धनगढी उपमहानगरपालिका–६ अन्तर्गत जाली सिद्धि गणेश टोलका १३ वर्षीय बालक रिदम कुँवर शनिबारदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार रिदम शनिबार बिहान करिब ६ बजेतिर घरबाट करिब एक किलोमिटर दूरीमा रहेको फारवेष्ट स्कुलमा ट्युसन पढ्न जान्छु भनी निस्किएका थिए। तर निर्धारित समय बितिसक्दा पनि उनी घर नफर्किएपछि खोजतलास सुरु गरिएको हो।
रिदम सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका छन्। गहुँगोरो वर्णका उनी हालसम्म फेला नपरेको र परिवार तथा आफन्तले विभिन्न स्थानमा खोजी कार्य जारी राखेका छन्। रिदमलाई कसैले कतै देखे वा भेटेमा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिन वा ९७६२०१३४०९ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन्।

