कैलाली । सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘वर्ष युवा खेलाडी’ विधाको उपाधि एथलेटिक्सका विक्रम नाथले जितेका छन्।
यस विधामा एथलेटिक्सका विक्रम नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका थिए।
विक्रम नाथले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण पदक जितेका थिए। त्यस्तै, सुशील चुनाराले १८ वर्षको उमेरमै मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै टोलीको नेतृत्व गरेका थिए।
एथलेटिक्सकी संगीता विकले राष्ट्रिय यू-२० कीर्तिमान कायम गर्नुका साथै एसियाली यू-२० एथलेटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाएकी थिइन्।
अवार्ड प्राप्त गरेपछि विक्रम नाथले खुसी व्यक्त गर्दै यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलेको बताए।

