धनगढी— गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार हिक्मत रावल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी उपमहानगरपालिका–२, कैलाली निवासी रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।
रावल हाल बीबीसी नेपाली सेवामा कार्यरत थिए। यसअघि उनले एभिन्युज टेलिभिजन, न्युज २४ टेलिभिजन तथा ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चारमाध्यममा लामो समय पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेका छन्।
लामो पत्रकारिता अनुभव र सञ्चार क्षेत्रको नेतृत्वदायी भूमिकाका आधारमा उनलाई गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो। रावलको नियुक्तिसँगै नेपालको सबैभन्दा पुरानो सरकारी सञ्चार संस्थान गोरखापत्रको व्यवस्थापकीय नेतृत्वमा नयाँ जिम्मेवारी सुरु भएको छ। सञ्चार क्षेत्रमा उनको अनुभवले संस्थानको सेवा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

