काठमाडौं: बैतडीको दशरथचन्द नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–१८ नख्खु, सिर्जनामार्ग निवासी नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ६स्५५ बजे उनको निधन भएको हो। ललितपुर प्रहरी परिसरका प्रमुख तुलबहादुर कार्कीका अनुसार चन्द असार ५ गते एक्कासि भुइँमा लडेर घाइते भएका थिए। तत्काल अस्पताल पुर्याइएपछि सोही दिन डिस्चार्ज गरिएको थियो।
तर असार १० गते स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको निधन भएको प्रहरीले जनाएको छ। बैतडीका चन्द २०८१ मंसिरमा नेपाल प्रहरीबाट अवकाश प्राप्त गरेका थिए।

