धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा १०० किलोवाट क्षमताको हाइड्रोकाइनेटिक विद्युत् परियोजनाको परीक्षण सुरु गरिएको छ।
मोहन्याल गाउँपालिकाको समन्वयमा बुटवल मेघा हाइड्रोपावर कम्पनीले निर्माण गरेको उक्त परियोजनाले नदीको प्राकृतिक बहावलाई उपयोग गरी, कुनै बाँध निर्माण नगरी विद्युत् उत्पादन गर्नेछ।
हाइड्रोकाइनेटिक प्रविधिले नदीको बहावबाट प्रत्यक्ष ऊर्जा उत्पादन गर्ने भएकाले यसलाई वातावरणमैत्री तथा कम पूर्वाधार आवश्यक पर्ने वैकल्पिक ऊर्जा प्रविधिका रूपमा हेरिएको छ। दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्न यस्ता परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

