धनगढी: कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् । गोष्ठीमा प्रदेशभरका जिल्ला तथा मातहत प्रहरी कार्यालयका प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा अनुसन्धान शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
नेपाल प्रहरीले यसअघि पाँच प्रदेशमा यस्ता समीक्षा गोष्ठी सम्पन्न गरिसकेको छ भने सुदूरपश्चिममा आयोजित यो छैटौं प्रदेशस्तरीय समीक्षा गोष्ठी हो । गोष्ठीमा अपराध अनुसन्धानको वर्तमान अवस्था, अनुसन्धानका क्रममा देखिएका चुनौती, अनुसन्धानलाई थप प्रभावकारी बनाउने उपाय तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा र छलफल हुने नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोष्ठीको मुख्य उद्देश्य अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउनु हो ।

