धनगढी — धनगढी उपमहानगरपालिका–१ शिवनगर निवासी सफल व्यवसायी विकल बहादुर जेठाराले आफ्नो २८ औँ जन्मदिनको अवसरमा सामाजिक सेवामूलक कार्य गर्दै दृष्टि फाउन्डेसन नेपालमा आश्रित महिला तथा बालबालिकालाई भोजन सेवा प्रदान गरेका छन्।
जेठारा तरकारी तथा फलफूल सप्लायर्सका प्रोपराइटर समेत रहेका जेठाराले धनगढी–१३ स्थित दृष्टि फाउन्डेसन नेपाल मा रहेका आश्रितहरूको लागि मिठो भोजनको व्यवस्था गरी आफ्नो जन्मदिनको खुसी उनीहरूसँग साटेका हुन्।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित गरिएको उक्त कार्यको प्रशंसा गर्दै फाउन्डेसनले जेठाराप्रति हार्दिक आभार व्यक्त गरेको छ। फाउन्डेसनले जन्मदिनजस्तो विशेष अवसरलाई सेवामूलक कार्यमार्फत अर्थपूर्ण बनाएको भन्दै धन्यवाद ज्ञापन गरेको जनाएको छ।
समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने यस्ता कार्यले अन्य व्यक्तिहरूलाई पनि जन्मदिन तथा विशेष अवसरहरूमा सामाजिक सेवामा जोडिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

