धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट बाजुराका नवीन बहादुर बिष्ट प्रदेश सदस्यमा निर्वाचित भएका छन्। बिष्टले भूगोलतर्फको प्रदेश सदस्य पदमा २१५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। अधिवेशनमा प्राप्त मतपरिणाम अनुसार उनी प्रदेश सदस्यमा निर्वाचित भएपछि बाजुरासहित सुदूरपश्चिमभरका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
निर्वाचित बिष्टले पार्टीको संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनमुखी राजनीतिक अभियानलाई थप सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई विश्वास गरेर मत प्रदान गर्ने प्रतिनिधिहरू, पार्टी नेतृत्व तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। रास्वपा सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनले प्रदेश नेतृत्व चयनसँगै संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नव निर्वाचित प्रदेश सदस्य बिष्टको नेतृत्व र सक्रियताले पार्टीलाई प्रदेशभर थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।


