धनगढी: कैलालीमा १७ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन । सवारी ज्यान मुद्दामा १७ वर्ष ९ महिना ६ दिन देखि फरार रहेका धनगढी उपमहानगरपालिका – ३ चटकपुरका ४७ वर्षीय राम बहादुर मल्ल पक्राउ परेका हुन ।
उनलाई मंगलबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।


