काठमाडौँ । कप्तान शुभमन गिलको सानदार शतकले गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले दिएको २१५ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै गुजरात फाइनलमा पुगेको हो।
गुजरातका शुभमनले सर्वाधिक १ सय ४ रनको शतकीय इनिङ खेले। साइ सुदर्शनले ३२ बलमा ५८ रन बनाए। यी दुई मिलेर पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरेका थिए।
राजस्थानका लागि ब्रिजेश शर्मा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले एकएक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि वैभव सूर्यवंशीले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८ चौका र ७ छक्कासहित ९६ रन बनाए। यसअघिको खेलमा पनि ९७ रनमा आउट भएका उनी आजपनि शतकबाट चुके। रविन्द्र जडेजाले अविजित ४५ रन बनाए भने डोनोभन फेरेरा ११ बलमा ३८ रनको क्यामिओ खेलेर नटआउट रहे । फेरेराले अन्तिम ओभरमा राशिद खानलाई ४ छक्का प्रहार गर्दा राजस्थानले २७ रन जोडेको थियो।
गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २(२ विकेट लिए। मोहम्मद सिराज र जेसन होल्डरले १(१ विकेट लिए ।
गुजरातले उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ। फाइनल खेल आइतबार गुजरातकै घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।


