धनगढी । कैलालीको धनगढीमा रहेको फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै दुई हजार क्षमताको इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने बताएका हुन्।
यस्तै फाप्लामा क्रिकेट मैदान निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने अर्थमन्त्री वाग्लेले जानकारी बताए।


