धनगढी: कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र खड्का निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार र्व शिक्षक खड्काले १ हजार १२२ मत पाई पदाधिकारीमा प्यानल सहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गणेश शाहले ७४२ र हर्क बहादुर शाहले ५३१ मत प्राप्त गरे ।
संस्थाको उपाध्यक्षमा खड्का प्यानलबाटै निर्वाचन लडेका लक्ष्मण बहादुर कठायत निर्वाचित भएका छन् । उनले ७७५ मत प्राप्त गरे । उपाध्यक्ष पदका प्रतिद्वन्द्वीहरु प्रेमसिंह कडायतले ६४८ मत, पुष्पराज चटौतले ४३१ मत र चन्द्र सिँह धामीले ३८१ मत प्राप्त गरे । महासचिवमा खड्का प्यानलबाट निर्वाचन लडेका धर्म सिंह कुँवर ८११ मत, सचिवमा छविन्द्र नाथ योगी ८८९ र कोषाध्यक्षमा भोज बहादुर साउँद ९२९ मत सहति निर्वाचित भए । महासचिव र सचिवमा ४–४ जना बिच प्रतिष्पर्धा भएको थियो भने कोषाध्यक्षमा ३ जना उम्मेदवार बीच प्रतिष्पर्धा भएको थियो ।
महासचिवका अन्य उम्मेदवारहरुमा धनराज बिष्ट जोशीले ४७८, गोरख बहादुर कडायतले ४४९ र तिर्थराज ओझाले ५०२ मत प्राप्त गरे । त्यस्तै सचिव पदका अन्य उम्मेदवारहरुमा मदन शर्मा जोशीले ८४५ र टेक बहादुर मल्लले ४४६ मत प्राप्त गरे । कोषाध्यक्षमा उम्मेदवारी दिएका नर बहादुर बलायरले ६२७, सुरेन्द्र बहादुर साउँदले ३२२ र बाबुराम बलम्पाकीले ३७३ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पुरुष सदस्यमा खड्का प्यानलका रमेश कडायत ८६६ मत र हर्क शाह प्यानलका धर्मराज भट्टले ७३९ मत ल्याउँदै जित हासिल गरेका छन् । महिला सदस्यहरुमा चन्द्रा कुमारी कठायतले ८६०, जमुना देवी साउँदले ९३२, राधा बिष्ट कूँवरले ७८१ र खिमादेवी ओझाले ८५७ मत प्राप्त गर्दै जित हासिल गरे ।
५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।


