धनगढीः प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५९ हजार ५५० बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीका कुर्ती, साडी, सुटपिस, किराना लगायतका सामान शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।
यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–२ भाँसी र भीमदत्त नगरपालिका–४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३ हजार ६५० बराबरको सामान प्रहरीले बरामद गरेको हो। कञ्चनपुरबाट भन्सार छलीका चिनी, मिस्री, केरा, किराना लगायतका सामान शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


