बाजुराः बाजुरामा ढुङ्गा लागेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको बुढिनन्दा नगरपालिका-३ पानी पाटा स्थित सोही वडाको दोगडाबाडा बस्ने ७३ वर्षीय नैन बुढा जंगलमा बाख्रा चराई घर फर्किने क्रममा मौसम प्रतिकुलका कारण पहाडमा चट्याङ पर्न गई चट्याङका कारण ढुङ्गा खस्दा चोट लागेर मृत्यु भएको हो। बुढाको टाउकोमा चोट लाग्दा स्थानियहरुले उद्धार गरि अस्पताल लैजाने क्रममा आइतवार साँझ बाटोमै मृत्यु भएको जनाइएको छ।


