अछाम: जेन–जी अगुवा तथा समाजसेवी मदन बुढाको पहलमा अछाम जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको हाे ।
काठमाडौंबाट २५० भन्दा बढी पुस्तक संकलन गरी बुढाले कारागारमा पुस्तकालय स्थापना गरेका हुन् । उनका अनुसार कैदीबन्दीलाई सकारात्मक सोच, आत्मविकास र समयको सदुपयोगतर्फ प्रेरित गर्ने उद्देश्यले यो पहल गरिएको हो ।

कार्यक्रममा सहभागी अधिकारीहरू र स्थानीय सरोकारवालाहरूले यस्तो पहलले कारागारभित्र सुधारात्मक वातावरण बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । पुस्तकालयमा विभिन्न विधाका पुस्तक राखिएका छन्, जसले कैदीबन्दीलाई अध्ययन र आत्मचिन्तनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
हाल बीएसडब्लू अध्ययनरत बुढा लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय छन् । उनी जेन–जी आन्दोलनसँग पनि जोडिएका छन् र यसअघि पाँच दिनसम्म आमरण अनशन बसेर ध्यानाकर्षण गराएका थिए ।
बुद्ध जयन्तीजस्तो शान्ति र करुणाको सन्देश दिने दिनमा कारागारमा पुस्तकालय स्थापना गरिएको यस कार्यक्रमलाई धेरैले अर्थपूर्ण पहलका रूपमा लिएका छन् ।