बझाङ : बझाङमा खाल्डोमा डुबेर २ बालकको ज्यान गएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–१ माथिल्लो बित्थडमा घर निर्माणका लागि खनिएको खाल्डोमा जम्मा भएको पानीमा डुबेर स्थानीय गगन बोहराका छोरा दिनेश र सोही स्थानकै सन्तोष बोहराकी छोरी प्रीन्सा बोहराको ज्यान गएको हो।
प्रारम्भिक जानकारी अनुसार उनीहरू खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ। अहिले घटनाबारे प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ। सो घटनाले बित्थड गाउँ शोकमा डुबेको छ।
स्थानीयका अनुसार ती बालकहरू बिहान करिब ११ बजेदेखि हराइरहेका थिए। खोजी गर्ने क्रममा दिउँसो करिब २ बजे उनीहरू सोही खाल्डोमा डुबेको अवस्थामा फेला परेका हुन्।


