धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारत प्रस्थान गरेका छन् । आज बिहान प्रदेश राजधानी धनगढीबाट मुख्यमन्त्री शाह भारतको राजधानी दिल्ली प्रस्थान गरेका हुन् । मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार उनी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् ।
शाह लामोसमयदेखि दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्याबाट ग्रस्त छन् । गत मंसिरमा पनि नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा दुई साता उपचार गराएर मुख्यमन्त्री शाह स्वदेश फर्किएका थिए । त्यसअघि मुख्यमन्त्री शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पताल र काठमाडौंको विर तथा मेडिसिटीमा अस्पताल उपचार गराएका थिए ।


