काठमाण्डौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन संवाद भएको छ । उनीहरूबीच द्विपक्षीय सम्बन्ध र होर्मुजको जलडमरूसहित विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर सो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, मलाई मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो । हामीले विभिन्न क्षेत्रहरूमा हाम्रो द्विपक्षीय सहयोगमा भएको महत्त्वपूर्ण प्रगतिको समीक्षा गर्यौं । हामी सबै क्षेत्रहरूमा हाम्रो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध छौँ । प्रधानमन्त्री मोदीका अनुसार ट्रम्पसँग अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल भएको छ । हामीले पश्चिम एसियाको अवस्थाबारे पनि छलफल गर्यौँ र होर्मुज स्ट्रेटलाई खुला र सुरक्षित राख्नुको महत्त्वमा जोड दियौँ,ु उनले भने ।
पाकिस्तानमा अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले होर्मुजमा नाकाबन्दी सुरु गरेको छ ।


