धनगढी: आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोही परिणामको सुन आइतबार २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्यमा पनि घटेको छ । आइतबार ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

