धनगढीः धनगढीबाट ८ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ बाट ८ जनालाई जुवातास खेलिरहेको वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १७० र २ गड्डी ताससहित पक्राउ गरेको जनाएके छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


