काठमाडौँ । काठमाडौंबाट चरिकोटका लागि आज बिहान करिब १०:२५ बजे उडेको मुस्ताङ एयरको नाइनएन-एएनओ नम्बरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। नागरिक उड्डयन प्राधिकरणका एक उपमहानिर्देशकका अनुसार उक्त हेलिकोप्टर लाप्चा, चरिकोट क्षेत्रतर्फ जाँदै गरेको बताइएको छ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार हेलिकोप्टरमा क्याप्टेन सुरज थापा क्षेत्रीसहित कुल ५ जना सवार थिए। उडान सुरु भएको केहीपछि हेलिकोप्टरसँग सम्पर्क टुटेको र हालसम्म यसको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन। सम्बन्धित निकायहरूले खोज तथा उद्धार कार्य सुरु गर्ने तयारी गरिरहेका छन्। दोलखाको लाप्चामा हराएको आशंका गरिएको छ । दोलखा आसपासमा पानी ठूलो परिरहरेकोले सम्भावित क्षेत्रमा जान कठिनाइ भइरहेको जनाइएको छ । दोलखाबाट सेना सम्भावित दुर्घटनाक्षेत्र तर्फ पठाइसकिएको छ । थप विवरण आउन बाँकी रहेको छ।

