अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेर ब्रेन्ट क्रुड प्रतिब्यारेल १०० डलर माथि पुगेको छ । सोमबार ठूलो गिरावटपछि मंगलबार एसियाली कारोबारमा ब्रेन्टको मूल्य ३.७५ प्रतिशतले बढेर १०३।६९ डलर पुगेको छ । यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित नयाँ आक्रमण स्थगित गर्दै छिट्टै शान्ति सम्झौता हुन सक्ने संकेत दिएपछि ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढी घटेको थियो ।
तर, इरानले अमेरिकासँग वार्ता नभएको दाबी गरेपछि लगानीकर्ताहरू अन्योलमा परेका छन्, जसका कारण तेल बजारमा पुनः उतारचढाव देखिएको छ ।


