धनगढी टिकापुर नगरपालिकाका तत्कालीन मेयर रामलाल डगौरा थारुको संसद् जाने सपना पूरा हुन सकेन । मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थारु तेस्रो स्थानमा सीमित भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट टिकापुर नगरपालिकाको मेयर पद जितेका थारुले २०७९ सालको स्थानीय तह निर्वाचनमा ९ हजार ६८२ मत प्राप्त गरेका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै मेयर पद जितेका थिए।
मेयरका रूपमा टिकापुरको नेतृत्व गरिरहेका थारुले प्रतिनिधि सभा सदस्य बन्ने लक्ष्यसहित पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए। उनले कैलाली क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका थिए। प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने उनले अपेक्षित सफलता पाउन सकेनन्।
थारुले जम्मा ८ हजार ३९२ मत मात्रै प्राप्त गरे र तेस्रो स्थानमा सीमित भए।

