धनगढी । धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
जोशीको उनकै श्रीमान डम्मरराज जोशीले हत्या गरेको खुलेको छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन् ।
उनको टाउकोमा कुनै धारिलो हतियार प्रहार गरेको देखिएको छ। अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । हत्यापछि फरार जोशीको भने खोजी भइरहेको छ ।

