धनगढी: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा रास्वपा उम्मेदवार जनकसिंह धामीले अग्रता कायम राखेका छन् । सुरुवादेखिको अग्रता कायम राख्दै उनले एक हजार ७७ मत पाएका छन् । यस्तै, एमालेका उम्मेदवार तारा लामा तामाङले सुरुवातको मतान्तर घटाएर ४८ मा झारेका छन् । तामाङले एक हजार २९ मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिना मगर भने तेस्रोमा छिन् । उनले ५८३ मत पाएकी छन् । कांग्रेसका गोपी उपाध्यायले ४२५ मत पाएका छन् ।

