धनगढी: सुदूरपश्चिमका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदाता पुगेका छैनन्। हिमाली क्षेत्र अन्तर्गत दार्चुलाको नौगाड गाउँपालिका–१ मा रहेका गौरीशंकर माध्यमिक विद्यालय, नागु र अपिको दुधिला आधारभूत विद्यालय, झुस्को मतदान केन्द्रमा हालसम्म मतदान गर्न मतदाता नआएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओमबहादुर रानाका अनुसार ती मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भए पनि मतदाता उपस्थित नभएका हुन्। नागुवासीले यस अगाडि नै सडक निर्माणको माग राखेर मतदानमा सहभागी नहुने अडान राखेका थिए। विकासमा पछि परेको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार घोषणा गरेका नागुवासीले दल र तिनका उम्मेदवारले विकास निर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने अडान राखेका थिए।

