बाजुरा । २०७९ सालमा सम्पन्न आम निर्वाचनमा दुई जनाको ज्यान गएको बाजुराको नाटेश्वरी केन्द्रमा यसपटक शान्तीपुर्ण हुने दावी गरिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका ७ खिरपाटा स्थित नाटेश्वरी माबि मतदान केन्द्रमा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका युवा बिच विवाद भई उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो । त्यतिवेला स्थानिय युवा चेतन अयडी र संजिव अयडीको मृत्यु भएको थियो ।
नेपाली काँग्रेसको गढका रुपमा रहेको यो क्षेत्रमा गत निर्वाचनको यो घटनालाई ध्यानमा राखि यसपटक शान्तीपुर्ण बनाउने प्रयास थालिएको छ । सर्बपक्षिय सर्वदलिय बैठक राखी अराजक गतिबिधि नगर्ने, एक अर्कामा आरोप प्रत्यारोप नलगाउने, स्वतन्त्रपुर्वक मतदानमा भाग लिने वातावरण बनाउने सहमती भएको नाटेश्वरी माबि ख मतदान केन्द्रका मतदान अधिकृत पराम पाण्डेले बताए । उनले सबै पक्षले यश पटकको निर्वाचन शान्तीपुर्ण बनाउने प्रतिबद्दता ब्यक्त गरेको बताए । सुरक्षका हिसाबमा पनि पुर्ण सुरक्षाको प्रत्याभुती हुने गरि वातावरण बनाईएको उनले बताए ।
स्थानिय अगुवा एवं युवा नेता रनसिंह अयडीले २०७९ को निर्वाचनमा दुखद घटना भएकाले यश पटक नदोहोरिने गरि सबै पक्ष संवेदनसिल भएको बताए । उनले भने – त्यतिवेला जे जति कारणले दुखद घटना भयो, यश पटक हामी सबै मिलेर शान्तीपुर्ण बनाउँछौ । साथै उनले दलहरुबिच कुनै तिक्तता नरहेको पनि बताए ।
यस्तै स्थानिय अगुवा राम अयडीले पनि यश पटक शान्तीपुर्ण बातावरणमा मतदान सम्पन्न गराउनेमा सबै एकजुट भएक लागिरहेको बताए । यश मतदान स्थलमा क र ख गरि ११ सय ५८ मतदाता रहेका छन ।

