धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट डोटी जिल्ला निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुनुहुन्छ। अघिल्लो कार्यकालमा पाँच वर्षसम्म लगातार मुख्यमन्त्री रहँदै भट्टले अधुरा विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धता सहित मतदातासँग मत माग्दै हुनुहुन्छ।
पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा खुटिया देखि उरई भञ्ज्याङसम्मको सडकलाई त्रिदेशीय सडकको रूपमा विकास गर्न संघीय सरकारसँग आग्रह गरिएको दाबी गर्दै, आफू निर्वाचित भएपछि ‘फास्ट ट्रयाक’ निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने “हाम्रो पहलमा कैलालीको खुटिया–डोटी–बझाङ हुँदै चीनसँगको उरई भञ्ज्याङ नाकासम्म सडकको ट्रयाक खोल्ने काम अघि बढाइयो। अहिले पनि सडक निर्माण कार्यले पर्याप्त गति लिन सकेको छैन।”
कैलालीको सहजपुरदेखि डोटीको बोगटान हुँदै दिपायल जोड्ने ५२ किलोमिटर सडक ३५ वर्षपछि २०७८ सालमा ट्रयाक खुलेको हो। तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले यसलाई गौरव आयोजना बनाएर कार्य अगाडि बढाएको थियो। पूर्व मुख्यमन्त्री भट्टले यस सडक कालोपत्रे गर्ने योजना आफ्नो चुनावी प्रतिवद्धतामा समावेश गरे ।
उहाँले आफ्नो कार्यकालमा डोटीमा करिब १३० किलोमिटर सडक कालोपत्रे, क्याम्पस र विद्यालय भवन निर्माण, ५० शैयाको अस्पताल भवन तथा जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालसम्म सेवा स्तरोन्नति गरेको दाबी गर्नुभयो। भट्टले वर्तमान योजनाहरूमा ठूला अन्तर रहेकाले पूर्वनिर्धारित अधुरा योजना पूरा गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताए ।
पूर्व मुख्यमन्त्री भट्ट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भई २०७४ फागुन ५ देखि २०७९ पुष २७ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री रहनुभएको थियो।
प्रतिनिधि सभा सदस्यको लागि डोटीमा अन्य प्रतिस्पर्धी उम्मेदवारहरूमा नेपाली काँग्रेसका भरत बहादुर खड्का, नेकपा ९एमाले० का दिपक धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका मणिराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का प्रकाश कठायत, राष्ट्रिय प्रजातन्त्र पार्टीका खडक बहादुर अग्रवाल, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाही र मितेरी पार्टी नेपालका सरस्वती कुमारी मल्ल ९पाल० रहेका छन्।


