धनगढी: बंगलादेशमा भएको संसदीय निर्वाचनमा चर्चित उम्मेदवार तास्निम जारा पराजित भएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा ७५ लाख फलोअर्स भएकी जारा चुनावमा तेस्रो स्थानमा रहिन् । बंगलादेशका अखबारहरूका अनुसार भकुन्डो चुनाव चिह्न लिएर उठेकी जाराले बंगलादेशको राजधानी ढाका क्षेत्र नम्बर ९ बाट ४४ हजार ६ सय ८४ मत प्राप्त गरिन् । विजय भएका बंगलादेश नेसनालिस्ट पार्टीका हाबिबुर रसिदले १ लाख ११ हजार २ सय १२ मत ल्याएका छन् ।
उनको चुनाव चिह्न धानको बाला थियो । जारालाई बलियो उम्मेदवारको रूपमा चर्चा गरिएको थियो । पेसाले चिकित्सक ३१ वर्ष उमेरकी उनी बंगलादेशको विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ हुन् ।


