धनगढी । आज सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रहने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने महाशाखाले जनाएको हो ।
अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।


