धनगढी । भारतको पलियाबाट धनगढी आउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा युवको मृत्यु भएको छ । भारतीय प्रहरीकाअनुसार सोमवार पलिया दुधुवा सडकमा भएको मोटरसाइकल दुर्घटनामा धनगढीका युवकको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् ।
धनगढीतर्फ आइरहेको मोटरसाइकल दुधुवा टाइगर रिजर्वस्थित सहेली नदी नजिक दुर्घटनामा परेको स्थानीय थानाका प्रभारी पंकज त्रिपाठीले जानकारी दिएका हुन्। उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना हुँदा बाइकमा सवार युवकको घटनास्थलमै ज्यान गएको हो।
भारतीय प्रहरीले युवको शव स्थानीय अस्पतालमा पुर्याएको तर मृतकको पहिचान नखुलेको जनाएको छ । भारतीय प्रहरीले मृतकको पहिचान गर्न कैलालीस्थित नेपाल प्रहरीसँग समन्वय गरिरहेको छ ।


