धनगढी । कैलालीको धनगढीमा पहिलोपटक टाँकाबिनाको आधुनिक स्टेपलर प्रविधि प्रयोग गरी सुन्नत ९खतना० उपचार सेवा सुरु भएको छ। धनगढीको माया मेट्रो अस्पतालले यो सेवा सुरु गरेको हो। अस्पतालले विशेष मेडिकल उपकरण ९स्टेपलर० प्रयोग गरी छिटो र सुरक्षित रूपमा यो सेवा सुरु जनाएको छ।
स्टेपलर प्रविधिबाट गरिने सुन्नत उपचारमा टाँका लगाउनु नपर्ने, कम दुखाइ हुने र रक्तश्राव पनि न्यून हुने अस्पतालको भनाई छ । विशेष मेडिकल उपकरण ९स्टेपलर० प्रयोग गरी छिटो र सुरक्षित रूपमा सुन्नत गरिने यो विधि परम्परागत प्रक्रियाभन्दा प्रभावकारी मानिन्छ।
अस्पतालका अनुसार यो प्रविधिबाट गरिएको सुन्नतमा घाउ छिटो निको हुने, परिणाम सुन्दर र समान देखिने तथा संक्रमणको जोखिम कम हुने गर्दछ। बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यो सेवा लिन सक्ने बताइएको छ।
विशेषगरी मधुमेह ९डायबेटिक० तथा अन्य दीर्घरोग भएका बिरामीका लागि यो विधि बढी सुरक्षित र लाभदायक रहेको अस्पतालको दाबी छ। अस्पतालका वरिष्ठ मुत्ररोग विशेषज्ञ डा। सुमित कर्णले उक्त सेवा प्रदान गर्नेछन् ।
के हो खतना ?
सुन्नत ९खतना० भनेको पुरुष लिंगको टुप्पामा रहेको छाला सुरक्षित तरिकाले काटेर हटाउने शल्यक्रिया हो। स्टेपलर सुन्नत ९खतना० भनेको टाँका नलगाई, विशेष मेडिकल उपकरण ९स्टेपलर० प्रयोग गरेर छिटो, कम दुखाइ र कम रगत बग्ने गरी गरिने आधुनिक विधि हो।


