काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशमा छन् । उनी चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका हुन् । कैलाली, कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बालेन बुधबार भने सुदूरकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन् ।
यस्तो छ कार्यतालिका
तुफानडाँडा, डडेलधुरा– घण्टीघर (जिल्ला पार्टी सम्पर्क कार्यालय)
अपराह्न १२ः३० बजे
पाटन, बैतडी — पार्टी सम्पर्क कार्यालय
दिउँसो ४ः०० बजे
गोकुले, दार्चुला — पार्टी सम्पर्क कार्यालय
राति ८ः०० बजे
बुङ्गल, बझाङ
बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।

