कञ्चनपुरः कञ्चनपुरमा वेवारिसे काठ बरामद गरिएको छ। शुक्लाफाटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनमा बेवारिसे अवस्थामा साल जातको गोलिया थान–१० ९७४.(४ क्युफिट) काठ प्रहरीले बरामद गरेको हो।
उक्त काठ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको बताएको छ। काठलाई आवश्यक प्रक्रिया पुरा गरि सब डिभिजन वन कार्यालय कलुवापुर, कञ्चनपुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

