धनगढी: कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले उम्मेद्वारी दर्ता गराएका छन्। यसअघि एकीकृत समाजवादी पार्टीका तर्फबाट डोटीबाट निर्वाचित भएका आले यसपटक कैलाली ९५बाट उम्मेदवार बनेका हुन्।
डोटीबाट २०६४ सालमा पहिलो संविधान सभाको चुनावमा पराजित भएका आले त्यसपछिका चुनाव डोटीबाट लगातार जित हासिल गर्दै आएका नेता हुन् ।

