बाजुरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, बाजुरा जिल्ला कमिटीको अध्यक्ष पदमा रामचन्द्र गिरि सर्वसम्मत रूपमा चयन हुनुभएको छ । साथै २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–फलासैनमा सम्पन्न उक्त कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हेमराज जैशी रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का अध्यक्ष खडक अधिकारी, वडा नम्बर २ का अध्यक्ष पदम भण्डारी तथा कार्यपालिका सदस्य सुशिला मिजारको उपस्थिति रहेको थियो ।
त्यसैगरी अतिथिहरूमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुर जिल्ला अध्यक्ष हर्क बहादुर रावल, संगठन बस इकाई कमिटी अध्यक्ष शंकर ओली, अस्थायी प्रहरी पोस्ट, ट्राफिक प्रहरी पोस्टका प्रतिनिधि तथा यातायात व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सभाध्यक्ष ललित चन्दले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लामो इतिहास, मजदुर आन्दोलनले हासिल गरेका उपलब्धि, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको महत्व तथा बढ्दो सवारी दुर्घटनाका कारण र समाधानका उपायबारे विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले मजदुरहरूको हक–अधिकार संरक्षणका लागि संगठन अझै मजबुत बन्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि हेमराज जैशीले बाजुरा जिल्लामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै मजदुरहरूको हकहितका लागि संगठनको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो । उहाँले स्थानीय तह सधैं मजदुरको पक्षमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा नवगठित जिल्ला कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मजदुरको हक, सुरक्षा र पेशागत मर्यादाका लागि एकताबद्ध भएर काम गर्न आग्रह गरिएको थियो ।
नवगठित जिल्ला कार्यसमिति (२१ सदस्यीय)
अध्यक्ष
रामचन्द्र गिरि
उपाध्यक्ष
पुष्कर शाह
सचिव
कृष्ण बहादुर थापा
सह–सचिव
निरज कुमार शाह
कोषाध्यक्ष
पवन थापा
सदस्यहरू
६. टेक बहादुर सुनार
७. टेक राना
८. उमान राना (ड्राइभर)
९. जगत थापा
१०. स्वदेश बि.क.
११. डम्बर रोकाया
१२. निराजन अधिकारी
१३. तेज बुढाथोकी
१४. सुनिल राना
१५. झलक चन्द
१६. महेन्द्र बुढा
१७. काशीराम थापा
१८. निरज बुढा
१९. कर्ण बहादुर रावत
२०. सुरेन्द्र कडायत
२१. नवराज जोशी
नवगठित कमिटीले बाजुरा जिल्लामा यातायात मजदुरहरूको हकहित, सुरक्षा, सामाजिक सुरक्षा तथा पेशागत मर्यादाका पक्षमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।


