धनगढी । मनकामना युवा क्लब धनगढी–१२ को आयोजनामा निसर्ग सातौँ प्रदेशस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता–२०८२ आज देखि शुरु हुने भएको छ । माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट आएका ११ वटा क्लब सहभागी हुने मनकामना युवा क्लबका अध्यक्ष कृष्णराज पाण्डेले जानकारी दिए ।
उनले प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ३५ हजार र दोस्रो हुने टिमले ७० हजार पुरुस्कार पाप्त गर्ने जानकारी दिए । त्यस्त भेट्रान तर्फ प्रथम हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले २५ हजार पाउने जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेल नमोबुद्ध युवा क्लब र फार्वेस्ट पशुपती क्लब बीच हुने अध्यक्ष पाण्डेले जानकारी दिए । खेलकुदको विकास, युवामा खेलप्रतिको रुचि बढाउने तथा आपसी सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मनकामना युवा क्लबका पुर्व अध्यक्ष तथा समाज सेवी डबल थापाले जानकारी दिए । उनले प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको बताए ।
मनकामना युवा क्लबले लामो समय देखि खेलकुदका विभिन्न गतिविधी गदै आएको जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ भने धनगढी–१२ को वडा कार्यालय मुख्य प्रबर्द्धकको रूपमा रहेको छ।


