धनगढी । कैलालीको धनगढीबाट लागू औषध सहित एक महिला पक्राउ परेकी छन्।
सोमबार धनगढी उपमहानगरपालिका – ३ बिशालनगर घर भई हाल धनगढी उपमहानगरपालिका८ बुद्धचोक स्थित भाडामा गणेश राईस मिल सञ्चालन गरी बस्ने २५ वर्षकी लक्ष्मी चौधरी पक्राउ परेकी हुन्।
उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन र लागूऔषध नापतौल गर्ने डिजिटल काँटा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


