धनगढी: काङ्ग्रेस र एमालेसँग सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ । सुदूरपश्चिममा रिक्त रहेको एक पुरुष र एक महिला सिटमा नेकपाले पनि उम्मेदवार खडा गर्न लागेको हो । महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दिने भएका छन् ।
यसअघि काङ्ग्रेसले खम्ब खाती र एमालेले लिला भण्डारीको नाम टुङ्गो लगाइसकेको छ ।

