धनगढी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको पुष्टि गरेका छन्। शनिबार बिहानै भेनेजुएलाको राजधानी लगायत चार वटा राज्यमा एकैसाथ विस्फोट भएको घटनालाई ट्रम्पले अमेरिकाले गरेको ठूलो आक्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्।
उनले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेका छन्। संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्धको आक्रमण सफलतापूर्वक गरेको छ। मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ,ु ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्।


