धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । मुख्यमन्त्री निवासमा सुरु भएको बैठकमा मुख्यमन्त्रीसहित सभामुख, सरकारका मन्त्री, विधायन तथा प्रदेश मामिला सभापति , प्रदेश सभामा रहेका दलका प्रमुख सचेतक, मुख्यन्याधिवक्ता, मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।
बैठकमा प्रदेश सभा संचालन, विधेयकहरुको अवस्था र समसामयिक विषयमा छलफल हुने बताइएको छ । चार महिना पछि बुधबारबाट प्रदेश सभा बैठक बस्दै छ । त्यसको तयारी र बिजनेसका विषयमा छलफल गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनमा पुर्णरुपमा क्षतिग्रस्त बनाइएको संसद भवन पुनर्निर्माणपछि पहिलो पटक भोलि दिउँसो २ बजे बैठक बस्न लागेको हो । सुदूरपश्चिममा भदौ ५ पछि बैठक बसेको थिएन।

