धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद सजाय र १ हजार जरीवाना तोकिएकी धनगढी उपमहानगरपालिका–२ बस्ने २२ वर्षकी सिता कुमारी शाही पक्राउ परेकी हुन्। शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।


