बैतडीः हाँडनाता करणी मुद्दामा फरार बैतडीकी एक युवती पक्राउ परेकी छिन्। जिल्ला अदालत बैतडीको फैसलाले हाँडनाता करणी मुद्दामा १ वर्ष कैद सजाय तोकिएकी सिगास गाउँपालिका(९ बजाड बस्ने २६ वर्षकी राजमती धामी पक्राउ परेकी हुन्। धामीलाई प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

