धनगढी: ११औँ महाधिवेशनका लागि नेकपा (एमाले)ले आज सुदूरपश्चिमबाट पनि प्रतिनिधि छनोट गर्दै छ । प्रदेशभरबाट १४१ जना प्रतिनिधि छनोट भइरहेको एमाले सुदूरपश्चिमले जनाएको छ ।
प्रदेश सचिव रणबहादुर चन्दका अनुसार प्रदेशका १६ वटा निर्वाचन क्षेत्रबाट १२९, कलस्टरबाट ७ र प्रदेश कमिटीबाट ५ गरी १४१ जना प्रतिनिधि छनोट भइहेको छ । ‘कतिपय जिल्लामा सहमतिकै आधारमा प्रतिनिधि छनोट भइरहेको छ भने कतिपय जिल्लामा निर्वाचन प्रक्रिया अगाडि बढेको छ,’ चन्दले भने, ‘आज बेलुकासम्म प्रतिनिधि छनोट गरिसक्छौँ ।’
चन्दका अनुसार कैलालीबाट ३०, कञ्चनपुरबाट १६, अछामबाट १५, बाजुराबाट १६, बैतडीबाट १५, दार्चुलाबाट १२, डोटी र बझाङबाट १०–१० तथा डडेल्धुराबाट ५ जना प्रतिनिधि महाधिवेशनका लागि छनोट भइरहेको छ । यस्तै, कैलाली र कञ्चनपुरबाट कलस्टरतर्फबाट ७ जना प्रतिनिधि छनोट भइरहेको छ । ‘संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवा क्लस्टरबाट प्रतिनिधि छनोट भइरहेको छ,’ चन्दले भने ।
एमालेका सुदूरपश्चिम प्रदेशमा ६३ हजार ११० सदस्य छन् । एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रति १ हजार २०० सदस्य खुला २ र महिला १ निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा १ जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्नेछ । यस्तै, प्रति ८०० सदस्य १ प्रतिनिधि, जसमा महिला निर्वाचित गर्नुपर्ने हुन्छ । दलितका लागि प्रति ५०० सदस्य १ प्रतिनिधि निर्वाचित गर्नुपर्ने नियम बनाइएको छ ।
बाजुराबाट एमाले महाधिवेशनका लागि १६ प्रतिनिधि चयन, कुन पक्षका कति ?
बाजुराबाट एमाले महाधिवेशनका लागि १६ प्रतिनिधि चयन, कुन पक्षका कति ?
एमाले बाजुराले ११औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । खुला, महिला, दलित र युवा क्लस्टरमा १६ जना प्रतिनिधि छनोट गरिएको हो ।
खुलातर्फ लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही छनोट भएका छन् । महिलातर्फ सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ छानिएका छन् ।
दलिततर्फ काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की छानिएका छन् । ४० वर्षमुनिको युवा क्लस्टरमा नरेश रोकाया सर्वसम्मत छनोट भएका छन् ।

